×

NIC ASIA

कोशी प्रदेश : महालेखापरीक्षकको प्रतिवेदन पेश, एक अर्ब ६४ करोड ६३ लाख बेरुजु

बैशाख १०, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष महालेखापरीक्षकको कार्यालयद्वारा पाँचौँ वार्षिक प्रतिवेदन )कोशी प्रदेश) पेश गरिएको छ ।

प्रदेश प्रमुख खापुङलाई प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच नायब महालेखापरीक्षक पद्मप्रसाद आचार्यले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष २०७८र०७९ को वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।    


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै राष्ट्र हित, देशको आर्थिक स्थिति मजबुद पार्न र आर्थिक अनुशासन कायम गर्न प्रतिवेदनले दिएका सुझाव उपयोगी रहेको बताए । उनले सबै मिलेर महालेखापरीक्षकले दिएको सुझाव कार्यान्वयनलाई सम्बन्धित ठाउँले ध्यान दिन जरुरी छ भन्दै प्रदेश कार्यालयका तर्फबाट पनि सुझाव लागू गर्न अग्रसरता कायम रहने धारणा राखे ।  


Advertisment
Rupse Holidays
Nabil box

प्रदेश प्रमुख खापुङले कार्यालयले बेरुजु घटाउन दिएको सातबुँदे सुझाव कार्यान्वयन गरेमा मितव्ययी कायम भई जथाभावी हुने खर्च घट्ने धारणा राखे । 

Vianet communication

नायव महालेखापरीक्षक आचार्यले प्रतिवेदनमा उल्लेख गरिएकोे सुझावअन्तर्गत नीति तथा कानूनी व्यवस्था, आयोजना तथा कार्यक्रम व्यवस्थापन, बजेट व्यवस्थापन, खरिद व्यवस्था सार्वजनिक स्रोत र सम्पत्ति संरक्षण, भौतिक पूर्वाधार विकास र वित्तीय प्रशासन तथा आर्थिक अनुशासन कार्यान्वयन गरेमा बेरुजु घट्ने धारणा राखे । 

प्रदेशसभा, प्रदेश मन्त्रालय, संवैधानिक अङ्ग, प्रदेश कार्यालय, समिति तथा अन्य संस्थासमेत दुई सय चार निकायमध्ये यो वर्ष बेरुजु रु एक अर्ब ६४ करोड ६३ लाख १२ देखिएको प्रतिवेदनमा उल्लेख  छ । सोमध्ये असुल गर्नुपर्ने रु ३३ करोड ८३ लाख ९७ हजार, नियमित गर्नुपर्ने रु एक अर्ब १८ करोड ८१ लाख ४५ हजार र पेस्की रु ११ करोड ९७ लाख ७० हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रदेशमा बेरुजु तीन दशमलव ३६ प्रतिशत रहेको छ भने अद्यावधिक बेरुजु रु चार अर्ब ९६ करोड ३३ लाख ९४ हजार रहेको छ । प्रदेशमा सबैभन्दा बढी बेरुजु देखिएका मन्त्रालयहरूमा सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय रु ४९ करोड ६२ लाख ७० हजार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय रु ४६ करोड चार लाख १८ हजार, कषि मन्त्रालय रु २२ करोड ८३ लाख ४९ हजार, वन वातावरण तथा भूसंरक्षण मन्त्रालय रु नौ करोड ११ लाख १८ हजार र स्वास्थ्य मन्त्रालय रु छ करोड ७३ लाख ५९ हजार रहेको प्रतिवेदनमा उल्लेख छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x