०५ साउन २०८३, मंगलबार

उपनिर्वाचनबाट आउने परिणामले समतामूलक समाज निर्माणमा सहयोग गर्ने देउवाको विश्वास

बैशाख १०, २०८०
उपनिर्वाचनबाट आउने परिणामले समतामूलक समाज निर्माणमा सहयोग गर्ने देउवाको विश्वास

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  शान्तिपूर्ण एवं भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न भएकोमा पार्टीका तर्फबाट सबैलाई धन्यवाद दिएका छन् । 
उनले एक विज्ञप्ति जारी गर्दै मतदानमा भएको  उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको उल्लेख गरेका छन् । 

उपनिर्वाचनबाट आउने परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणमा सहयोग गर्ने विश्वास देउवाको छ । 

‘निर्वाचनमा अत्यन्त उत्साह, संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्नु भएकोमा तनहुँ—१, चितवन—२ र बारा—२ का सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछु’, देउवाले भनेका छन् । 

आइतबार तनहुँ, चितवन र बाराका तीन क्षेत्रमा उपनिर्वाचन सम्पन्न भएको हो । 


 

salt training

कमेन्ट गर्नुहोस्