१५ असार २०८३, सोमबार

आधा अर्बले घट्यो खाना पकाउने ग्यासको आयात

बैशाख ११, २०८०
आधा अर्बले घट्यो खाना पकाउने ग्यासको आयात

भारतबाट नेपाल भित्रने खाना पकाउने एलपी ग्यासको आयात चालु आर्थिक वर्षको नौ महिनामा झन्डै आधा अर्बले घटेको छ । भन्सार  विभागको  तथ्याङ्कअनुसार  चालुु  आर्थिक वर्षको नौ महिनामा (साउन–चैत) ग्यासको आयात  ४९  करोड  रुपियाँले  कमी  भएको  हो  ।  

बजारमा ग्यासको खपत कम हुुँदा आयातमा समेत कमी भएको हो । विभागका अनुसार चालुु आर्थिक वर्षको नौ महिनामा ४४ अर्ब ८४ करोड ८६ लाख ५१ हजार रुपियाँ बराबरको ३८ करोड ७६ लाख ३० हजार ८१८ केजी ग्यास आयात भएको हो ।
 गत वर्ष सो अवधिमा ४५ अर्ब ३४ करोड २५ लाख १८ हजार रुपियाँ बराबरको ३९ करोड ५७ लाख २८ हजार हजार केजी ग्यास आयात भएको हो । गत वर्षको तुुलनामा ४९ करोड ३८ लाख ६७ हजार रुपियाँ बराबरको ८० लाख ९७ हजार २५० केजी ग्यास आयात कमी भएको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्