१२ साउन २०८३, मंगलबार
निरा हत्या प्रकरण

निरा हत्याकाण्ड : ६ दिन बित्दा पनि हत्यारा पत्ता नलागेकोमा आफन्तको आक्रोश

बैशाख १२, २०८०

चाबहिलमा छुरा प्रयोग गरी हत्या गरिएकी निरा पाण्डेका आफन्तले ६ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उनीहरूले (मंगलवार) चाबहिलको सरस्वतीनगरस्थित ‘निरु’ भाडा पसलअगाडि धर्ना दिएका हुन् । बाग्लुङ स्थायी घर भएकी पाण्डेको यही वैशाख ७ गते आफैंले सञ्चालन गरेको पसलमा शव भेटिएको थियो ।

‘राज्यले अपराधीलाई कानूनको दायरामा ल्याउन नसकेकाले हामी आन्दोलन गर्न बाध्य भएका छौं,’ मृतक निराका दाजु यम पाण्डेले लोकान्तरसँग भने, ‘६ दिन हुँदा पनि हत्यारा समाउन सकेनन् । अब हामी आफन्तको मुटु भावविह्वल भएर फुट्न मात्रै बाँकी छ ।’

काठमाडौं उपत्यकाको व्यस्त बजारमा भएको हत्याको पनि वास्तविकता पत्ता लगाउन नसक्नुले आफन्तलाई झन् त्रसित बनाएको उनले बताए । प्रहरीले हुन्छ मात्रै भनेको तर अहिलेसम्म कुनै व्यक्तिलाई पक्राउ गर्न नसकेकोमा उनीहरूको आक्रोश छ ।

‘प्रहरीले भइराछ, हुँदैछ भन्छ, तर केही गरेजस्तो हामीलाई लागेको छैन,’ पाण्डेले भने, ‘राज्यले छिटोभन्दा छिटो हत्यारा पत्ता लागाओस् ।’ 

null

सरस्वतीनगरमा व्यवसाय गर्दै आएका जीतबहादुर रोकाले स्थानीय व्यवसायीहरू त्रसित भएको बताए ।

प्रहरीले ५/६ दिन बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसकेका कारण अरूलाई पनि त्यस्तै अवस्था आउने हो कि भनेर त्रसित भएको उनको भनाइ छ ।

‘लामो दिन भइसक्यो, प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन । हामी दिनकै पसल खोल्न जाँदा त्रसित हुनुपरेको छ,’ उनले लोकान्तरसँग भने ।

उनले घटनाको दिनको त्रासदी पनि सुनाए ।

‘त्यो समयमा म पसलमा थिएँ । ३ः३५ बजेतिर एकजना ग्राहक त्यो पसलमा एउटा लास रगताम्मे अवस्थामा छ भन्दै आएपछि मैले नजिकैको सैलुनमा गएर त्यो कुरा बताएँ,’ रोकाले उक्त दिनको घटना सम्झँदै भने ।

त्यसपछि स्थानीय व्यवसायीहरू जम्मा भएर प्रहरीलाई खबर गरेको उनको भनाइ छ ।

null

अहिले त्यो क्षेत्रको मुख्य सडकमा सीसीटीभी क्यामेरा जोड्नुपर्ने माग समेत राखेको रोकाले बताए ।

‘यस ठाउँको मुख्य सडकमा सीसी क्यामेरा नहुँदा हत्यारा को हो भन्ने कुरा थाहा भएन, अब स्थानीय तहका नेताहरूले पनि यसलाई ध्यान दिनुपर्छ,’ रोकाले लोकान्तरसँग भने ।

यता प्रहरीले भने निराको हत्या पसलमै भयो कि बाहिर कतै भन्ने विषयबाट अनुसन्धान भइरहेको जनाएको छ ।

अनुसन्धानमा खटिएका अधिकारीहरूका अनुसार दिउँसो घटना हुँदा अरूले थाहा नपाउने अवस्था कसरी आयो भन्ने विषयमा अनुसन्धान भइरहेको हो ।

‘हामीले मर्डर अन्तै भएको हो कि त्यहीँ भन्ने विषयमा अनुसन्धान गरिरहेका छौं,’ एक अधिकारीले लोकान्तरसँग भने ।

काठमाडौं प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीका अनुसार अहिले सबै कोणबाट अनुसन्धान भइरहेको छ ।

null

‘हामीले सबै कोणबाट अनुसन्धान गरिरहेका छौं । तर अहिलेसम्म ठोसरूपमा केही प्रमाणहरू भेटिएका छैनन्,’ एसएसपी कार्कीले लोकान्तरसँग भने ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज कार्कीका अनुसार प्रहरीले सुक्ष्म ढंगबाट अनुसन्धान गरिरहेको छ ।

‘हामीले प्राविधिक र म्यनुअल सबै पाटोबाट अनुसन्धान गरिरहेका छौं, तर अनुसन्धान भइरहेकाले अन्य कुरा भन्ने कुरा भएन,’ एसएसपी डा. कार्कीले भने ।

निरा वैशाख ७ गते दिउँसो चाबहिलमा रहेको आफ्नै पसलमा रगताम्मे अवस्थामा फेला परेकी थिइन् । काठमाडौंमा उनका दुईवटा पसल रहेका छन् ।

एउटा पसल उनका पति योगेश आचार्यले हेर्छन् । निरु भाँडा पसल भने उनी आफैंले सञ्चालन गर्दै आएकी थिइन् । उनीहरू बाग्लुङको बडिगाड गाउँपालिकाका स्थायी बासिन्दा हुन् ।

null

‘हामीले प्राविधिक र म्यनुअल सबै पाटोबाट अनुसन्धान गरिरहेका छौं तर अनुसन्धान भइरहेकाले अन्य कुरा भन्ने कुरा भएन,’ एसएसपी डा. कार्कीले भने ।

निराको शव वैशाख ७ गते दिउँसो चाबहिलमा रहेको आफ्नै पसलमा रगताम्मे अवस्थामा फेला परेको थियो । काठमाडौंमा उनका दुईवटा पसल रहेका छन् । 

एउटा उनका पति योगेश आचार्यले सञ्चालन गर्दै आएका छन् । ‘निरु’ भाडा पसल भने उनी आफैंले हेर्दै आएकी थिइन् । उनीहरू बाग्लुङको बडिगाड गाउँपालिकाका स्थायी बासिन्दा हुन् ।

salt training

कमेन्ट गर्नुहोस्