०७ असार २०८३, आइतबार

भन्सार छली ल्याइएको गहुँ र युरिया मल प्रहरीको नियन्त्रणमा

बैशाख १४, २०८०
भन्सार छली ल्याइएको गहुँ र युरिया मल प्रहरीको नियन्त्रणमा
प्रतिकात्मक तस्वीर

रुपन्देही प्रहरीले भन्सार छलेर नेपाल ल्याउँदै गरेको करीब १३ लाख रुपैयाँ बराबरको खाद्यान्न र रासायनिक मल नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले बिहीवार अपराह्न जिल्लास्थित मायादेवी गाउँपालिका–७ गरकट्टी हुँदै भन्सार छली ल्याउँदै गरेको ४० क्विन्टल गहँु र ३० क्विन्टल युरिया मल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतबाट नेपालतर्फ भन्सार छली लु१त ९७८० नम्बरको ट्रयाक्टरमा ल्याउँदै गरेको अवस्थामा ट्रयाक्टरसहित करीब १२ लाख ८० हजार रुपैयाँ बराबरको खाद्यान्न तथा युरिया नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्