
बाजुरा जिल्लाको दहकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको दहकोट केन्द्रविन्दु भएर बिहीवार राति छुट्टाछुट्टै समयमा ३ पटक भूकम्प गएको हो ।
केन्द्रका अनुसार राति ११ बजेर ५८ मिनेट जाँदा ४ दशमलव ९, राति १ बजेर ३० मिनेट जाँदा ५ दशमलव ९ र राति १ बजेर ५१ मिनेट जाँदा ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको क्षतिबारे भने अहिलेसम्म यकिन हुन नसकेको बताइएको छ ।
यसअघि गत वैशाख ४ गते बाजुराकै जुगाडा केन्द्रविन्दु भएर ३ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।