०५ असार २०८३, शुक्रबार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

बैशाख १५, २०८०
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
प्रतिकात्मक तस्वीर

चितवनको भरतपुर महानगरपालिका–२८ साझापुरमा मोटरसाइकलको ठक्करबाट १ पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेका छन् । 

बिहीवार राति ना२२प ६८०० नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका महतोलाई ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते महतोको भरतपुर अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

मोटरसाइकल चालक भरतपुर–२७ का ३४ वर्षीय शिवनारायण महतो पनि घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्