१८ असार २०८३, बिहीबार

विवादमा फसेपछि बीबीसीका प्रमुख रिचार्ड शार्पले दिए राजीनामा

बैशाख १५, २०८०
विवादमा फसेपछि बीबीसीका प्रमुख रिचार्ड शार्पले दिए राजीनामा

ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी) का अध्यक्षले सार्वजनिक पदमा नियुक्तिमा आचारसंहिता उल्लंघन गरेको पाइएपछि पदबाट राजीनामा दिएका छन् । 

शार्पले पूर्व प्रधानमन्त्री बोरिस जोनसनलाई ऋण दिने व्यापारी साम ब्लाइथलाई सन् २०२० को डिसेम्बर महिनामा क्याबिनेट सिक्रेटरी साइमन केससँग भेटघाट गराएका थिए । जोनसनले ८० हजार पाउन्ड ऋण लिएका थिए । 

उक्त ऋणको रकम पाएपछि जोनसनले शार्पलाई बीबीसीमा प्रमुखमा नियुक्त गरेका थिए । 

आफूले असल नियतका साथ त्यो काम गरेको जिकिर शार्पले लिएका थिए तर ऋण मिलाउने काममा संलग्नताका विषयमा शार्पले पारदर्शी कुरा नराखेको भनी आलोचना गरिएको थियो ।

बीबीसीको हितलाई ध्यानमा राख्दै आफूले राजीनामा दिएको उनको भनाइ छ । 

आफ्नो उत्तराधिकारी नआउन्जेल जुन महिनासम्म आफू पदमा बस्ने उनले जानकारी दिए । 


यसअघि शार्पले फूटबल कमेन्टेटर गेरी लिनेकरसँग गरेको व्यवहारको पनि आलोचना भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्