
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले चार महिनामा तीनपटक विश्वासको मत लिएका छन् । ४० सदस्यीय प्रदेशसभामा शर्माले शुक्रबार पुनः विश्वासको मत प्राप्त गरेका हुन् ।
उपस्थित ३९ सांसदमध्ये शर्माले २९ सांसदको समर्थन पाए । नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, नेकपा एस र स्वतन्त्रका एक÷एक सांसदले मतदान गरेका हुन् ।
१० सांसदले भने उनको विपक्षमा मतदान गरे । जसमा एमालेका ९ र राप्रपाका एकजना सांसद छन् ।
यस अघि ६ माघ र १७ चैतमा उनले विश्वासको मत लिएका थिए ।
केन्द्रीय समीकरण फेरिएपछि २७ चैतमा एमालेले समर्थन फिर्ता लिएको थियो ।
कर्णालीमा पनि कांग्रेससँग आलोपालोमा मुख्यमन्त्री चलाउने सहमति भएको बताइएको छ ।
शर्मापछि आलोपालोमा कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने सहमति भएको दाबी गरिएको छ ।