२४ जेठ २०८३, आइतबार

ईयूको शरणसम्बन्धी निर्णयमा ४० प्रतिशतले वृद्धि

बैशाख १६, २०८०
ईयूको शरणसम्बन्धी निर्णयमा ४० प्रतिशतले वृद्धि

सन् २०२२ मा युरोपेली संघ (ईयू) का देशहरूले ३ लाख ८४ हजार २४५ शरणार्थीलाई सुरक्षाको व्यवस्था गरेका छन् ।

यो सन् २०२१ को २ लाख ७५ हजार ४० भन्दा ४० प्रतिशतले वृद्धि हो । 

ईयूमा सन् २०२२ मा सुरक्षा प्रदान गरिएका ३ लाख ८४ हजार २४५ शरणार्थीमध्ये ४४ प्रतिशतले शरणार्थीको दर्जा, ३१ प्रतिशतले सहायक सुरक्षा र २५ प्रतिशतले मानवीय सुरक्षा पाएका छन् ।

सन् २०२१ को तुलनामा शरणार्थीको संख्यामा २२ प्रतिशत, सहायक सुरक्षामा ४८ प्रतिशत र मानवीय सुरक्षामा ७२ प्रतिशतले वृद्धि भएको छ । 

यसमा सबैभन्दा बढी योगदान जर्मनीको रहेको छ । जर्मनीले ईयूको कूल योगदानको ४१ प्रतिशत अर्थात् १ लाख ५९ हजार ३६५ जनालाई सेवा पुर्‍याएको छ । 

फ्रान्सले ४९ हजार ९९० अर्थात् १३ प्रतिशत, इटालीले ३९ हजार ६६० अर्थात् १० प्रतिशत र स्पेनले ३५ हजार ७६५ अर्थात् ९ प्रतिशत व्यक्तिलाई सुरक्षाको दर्जा दिइएको थियो । यी ४ देशले संयुक्त रूपमा ईयू स्तरमा ७३ प्रतिशत सुरक्षा अनुरोधहरूलाई सेवा प्रदान गरे ।

सन् २०२२ मा युरोपेली संघमा सुरक्षा प्राप्त गर्ने सबैभन्दा ठूलो समूह सिरियालीहरू थिए भने दोस्रो धेरै अफगानी थिए । ईयूमा सुरक्षा दर्जा प्राप्त गर्ने कूल संख्याको २९ प्रतिशत सिरियालीहरू रहेका थिए भने २३ प्रतिशत अफगानी र ६ प्रतिशत भेनेजुयलाका नागरिक थिए । 

salt training

कमेन्ट गर्नुहोस्