२४ जेठ २०८३, आइतबार

​म्यान्मारको सैनिक सरकारद्वारा दुई हजार बन्दीलाई आममाफी

बैशाख २०, २०८०
​म्यान्मारको सैनिक सरकारद्वारा दुई हजार बन्दीलाई आममाफी
फाइल तस्बिर

​म्यान्मार को सैनिक सरकारले दुई हजार एक सय ५३ जना बन्दीलाई आममाफी दिएको छ । दुई वर्षअघि शासन व्यवस्था आफ्नो हातमा लिएको सेनाले आफ्ना विरोधीलाई धमाधम पक्राउ गरेको थियो ।  सैनिक सरकारको विरोध गरेका ती बन्दीमध्ये केही रिहा हुन लागेका हुन् । 

आगामी शुक्रवार बुद्धपूर्णिमाको अवसरमा बन्दीलाई रिहा गरिनेछ । अधिकतम तीन वर्ष जेलसजाय भोगेकाहरू मध्येबाट ती बन्दी रिहा हुन लागेका हुन् । सैनिक सरकारको विरोध गरेको हजारौँलाई कारागारमा कोचिएको छ । सामान्यतया राष्ट्रिय पर्वका बेला म्यान्माले आममाफी घोषणा गर्दै आएको छ । 

चीनका विदेशमन्त्री छन गङको भ्रमणपछि आममाफीको घोषणा भएको हो । मंगलवार उनले सैनिक सरकारका वरिष्ठ अधिकारीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

चीनले म्यान्माको सार्वभौमसत्ताको सबैले सम्मान गर्नुपर्नेमा जोड दिँदै शान्ति र मेलमिलापका निम्ति सहयोग गर्न बेइजिङ सधैँ तत्पर रहने बताउँदै आएको छ । म्यान्मारमा चीनको सहयोगमा विकास–निर्माणका धेरै पूर्वाधार परियोजना सञ्चालित छन् । एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्