२८ जेठ २०८३, बिहीबार

स्वदेशी उत्पादनलाई जोड दिने नीति बनाउन मुख्यमन्त्री चौधरीको आग्रह

बैशाख २०, २०८०
स्वदेशी उत्पादनलाई जोड दिने नीति बनाउन मुख्यमन्त्री चौधरीको आग्रह

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्वदेशी उत्पादनलाई बढावा दिने नीति तथा कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिएका छन् ।​

सिंहदरबार स्थित योजना आयोगको कार्यालयमा उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँगको भेटमा मुख्यमन्त्री चौधरीले स्वदेशी उत्पादन प्रवर्द्धन हुने र रोजगारी सिर्जना हुने कार्यक्रम बनाउन भूमिका खेल्न आयोगसमक्ष अनुरोध गरेका हुन् । 

मुख्यमन्त्री चौधरीले अहिले विदेशी मदिराले नेपालको बजारमा प्रशस्त रहेको तर नेपालमै उत्पादन हुने मदिराको भने कुनै मूल्य नरहेको बताए । 

उनले स्वदेशी उत्पादन धेरै राम्रा भए पनि हामीले मार्केटिङ गर्न नसकेको भन्दै अब हरेक स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने बताए । 

भेटमा उपाध्यक्ष डा. श्रेष्ठले आन्तरिक उत्पादन बढाउनु नै आजको आवश्यकता रहेको बताएका थिए । अर्थतन्त्रलाई बलियो बनाउन पनि स्वदेशी उत्पादनलाई जोड दिनुपर्ने बताउँदै उनले स्वदेशी उत्पादन र रोजगारी सिर्जना हुने परियोजनालाई प्राथमिकतामा राखेर अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने धारणा राखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्