०५ असार २०८३, शुक्रबार

यार्सा सङ्कलनमा हिँडेका एक जनाको मृत्यु, एक बेपत्ता

बैशाख २०, २०८०
यार्सा सङ्कलनमा हिँडेका एक जनाको मृत्यु, एक बेपत्ता

बझाङमा यार्सागुम्बा सङ्कलन गर्न हिमाली भेग गएका एक जनाको निधन भएको छ भने एक जना बेपत्ता भएका छन् ।

सुर्मा गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीय प्रभु बोहराको मङ्गलबार यार्चागुम्बा सङ्कलनका क्रममा अत्यधिक हिमपात र पानी परेपछि घर आउने बेला चिसोले कठ्याङ्ग्रिएर बाटोमै निधन भएको प्रहरी निरीक्षक रमेश अवस्थीले बताए ।

उनका अनुसार बोहरा यार्सागुम्बा सङ्कलन गर्न चुफी वनतिर गएका थिए । मङ्गलबार नै सुर्मा गाउँपालिकाकै ३३ वर्षीया झल्लादेवी बोहरा हिमपहिरोमा परेर बेपत्ता भएका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक अवस्थीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्