काठमाडौं, २५ पुस - सरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा आइतबार टेबुल गरेलगत्तै विधेयक पारित गराउने अंकगणीय खेल सुरु भएको छ, आजको नेपाल समाचारपत्रले खबर छापेको छ ।

सत्तारुढ दलसँग ३ सय ९३ सांसद छन् । यद्यपि, सत्तारुढ भएर पनि विधेयकप्रति राप्रपाले असन्तुष्टी जनाइरहेको छ । प्रतिपक्षी दलहरुसँग २ सय १ जना सांसद छन् ।
विधेयक पारित गराउन हाल कायम ५ सय ९४ सांसदमध्ये दुईतिहाइ पुर्याउन ३ सय ९८ मत आवश्यक पर्छ । यो स्थितिमा सरकारलाई विधेयक पारित गराउन ५ मत अपुग हुन्छ । यस्तो अवस्था सांसदहरुको खरिदबिक्री हुने खतरा धेरै हुन्छ ।
विधेयक पारित गराउन सत्तारुढ दल राप्रपा र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको मत निर्णायक हुन्छ । तर दुबै दलले संविधान संशोधन विधेयक परिमार्जन हुनु पर्ने बताइरहेका छन् ।