२६ असार २०८३, शुक्रबार

सशस्त्रका असई थमन विक हत्या प्रकरणमा एमालेका पूर्वसांसदलाई पाँच वर्ष कैद

असार १७, २०८३
काठमाडौं
सशस्त्रका असई थमन विक हत्या प्रकरणमा एमालेका पूर्वसांसदलाई पाँच वर्ष कैद

सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले एमालेका पूर्वसांसद लक्ष्मी महतो (कोइरी)लाई ५ वर्षको कैद सजाय सुनाएको छ ।

महोत्तरी जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतले कोइरीसहित ६ जनालाई ५ वर्षको कैद सजाय सुनाएको हो । 

कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बुधबार गरेको फैसलाअनुसार जिल्ला अदालतबाट सफाइ पाएका अभियुक्त अभिषेक शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे, लक्ष्मी महतो र पवन कापरलाई जनही पाँच वर्ष कैद सजाय निर्धारण गरिएको छ । 

यसैगरी, प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा दोषी ठहर गर्दै मुलुकी ऐन, ज्यान सम्बन्धी महलको दफा १३(३) बमोजिम जन्मकैद हुने फैसलालाई सदर गरेको छ । 

यसअघि महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते उनीहरूलाई दिएको जन्मकैदको फैसला उच्च अदालतले सदर गरेको छ ।

फैसलामा अनुसन्धानका क्रममा अभियुक्तहरूको बयान, घटनास्थलका विवरण, फोटो तथा अन्य प्रमाणबाट प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरले थमन विकमाथि आक्रमण गरेको पुष्टि भएको उल्लेख छ । साथै, अन्य पाँच अभियुक्तले हत्या गर्न सहयोग पुर्‍याएको पुष्टि हुने पर्याप्त प्रमाण रहेको अदालतको निष्कर्ष छ ।

nullnull

salt training

कमेन्ट गर्नुहोस्