१० साउन २०८३, आइतबार

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

असार २६, २०८३
धादिङ
बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

धादिङमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नीलकण्ठ नगरपालिका- ९ सातदोबाटो बस्ने ५३ वर्षीय राम भन्ने नरबहादुर लम्साल छन् । उनलाई बिहीबार बेलुकी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नर बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्