१७ असार २०८३, बुधबार

चोरीपैठारीको १७ लाख बढीको सामानसहित गाडी नियन्त्रणमा

बैशाख २०, २०८०
चोरीपैठारीको १७ लाख बढीको सामानसहित गाडी नियन्त्रणमा

झापा जिल्लाको मेचीनगर नगरपालिका–७ स्थित पूर्वपश्चिम लोकमार्गको निन्दा पुल नजिकबाट बुधवार सशस्त्र प्रहरीले १६ लाख ८९ हजार ५० रुपैयाँ बराबरको चोरीपैठारीको सामान र गाडी नियन्त्रणमा लिएको छ । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाले इलेक्ट्रिक सामान र मोटरपार्टस्सहित भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लुबी ७४ एटी ३९४० भारतीय नम्बरको गाडी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

गाडीमा सामानको प्रज्ञापनपत्र नभएको र गाडीको सुविधा ईजाजतपत्र समेत नभएको फेला परेपछि सामान र गाडी नियन्त्रणमा लिइएको हो । 

नियन्त्रणमा लिइएको सामान र गाडी भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्