२२ असार २०८३, सोमबार

परराष्ट्रमन्त्री साउँद आज बेलायत जाँदै

बैशाख २१, २०८०
परराष्ट्रमन्त्री साउँद आज बेलायत जाँदै

परराष्ट्रमन्त्री एनपी साउँद संयुक्त अधिराज्य बेलायतका राजा चाल्र्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा सहभागी हुन आज बिहीवार त्यसतर्फ प्रस्थान गर्दैछन् ।

लण्डनमा रहँदा मन्त्री साउँद वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले जनाएको छ । 

सो अवसरमा उनी अन्य औपचारिक कार्यक्रम पनि सहभागी हुनेछन् । परराष्ट्रमन्त्री साउँद वैशाख २६ गते स्वदेश फर्किने तालिका छ ।

salt training

कमेन्ट गर्नुहोस्