जेठ १४, २०८०
नक्कली शरणार्थी प्रकरणमा निकटस्थहरू नै मुछिएको आशंका उत्पन्न हुँदा अस्वाभाविक मौनता साँधेका कांग्रेस, एमाले र माओवादीका शीर्ष नेतालाई पशुपतिको जलहरी प्रकरणले अर्को विवादमा तानेको छ । नेपालीलाई नक्कली ...
बैशाख २१, २०८०
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई लक्षित गरी युक्रेनले दुईवटा सशस्त्र ड्रोन पठाएको दाबी रुस सरकारले गरेको छ ।
तर रेडार वारफेयर सिस्टमको सक्रियताका कारण ती ड्रोनहरूलाई बाटैमा खसाइएको रुसले जनाएको छ । यसबाट मानवीय र भौतिक कुनै पनि क्षति नभएको रुसको भनाइ छ ।
पुटिनको हत्या गर्नका लागि भएको आतंकवादी प्रयासका रूपमा यस घटनालाई लिइएको पनि रुसले बताएको छ । इन्टनेटमा राखिएका भिडियोहरूमा कम्तीमा एउटा ड्रोन संसद् भवनमा ठोकिएको र त्यसबाट सानोतिनो आगो लागेको देखिन्छ ।
युक्रेनले लामो दूरीको ड्रोन विकसित गरिरहेको छ र ती ड्रोनहरू मस्को नजिक पुग्न थालेका छन् । फेब्रुअरी महिनामा एउटा त्यस्तै ड्रोन मस्कोबाट १०० किलोटिमर दक्षिणपूर्वमा रहेको कोलोम्ना शहरमा पाइएको थियो । अनि अप्रिल महिनामा एउटा ड्रोन मस्कोबाट ३० किलोमिटर पूर्वतर्फ दुर्घटनाग्रस्त भएको थियो ।
संसारको सबभन्दा बढी सुरक्षा प्रबन्ध मिलाइएको शहर मस्कोमा सरकारी भवनमै ड्रोन पुग्दा साहस, सौभाग्य र क्षमता सबैको सम्मिश्रण देखिएको छ ।
ड्रोनहरू सुस्त र जोखिमयुक्त हतियार हुन् । अनि मस्को रेडार सिस्टम र हवाई प्रतिरक्षा क्षेप्यास्त्रबाट घेरिएको छ । क्रेमलिन गार्डले ड्रोननिरोधी राइफलहरू पनि उपयोग गर्ने गरेको छ । त्यसले ड्रोनको कमान्ड सिग्नललाई झुक्याउँछ । रुसभित्रैका कुनै सरकारविरोधी तत्त्वले गर्न सक्ने आक्रमणबाट जोगिन यो प्रबन्ध मिलाइएको हो ।
अहिलेको ड्रोन आक्रमण युक्रेनीहरूले नै गरेका हुन् भने यसको योजना त्यहाँको सैन्य गुप्तचरी इकाइले बनाएको हुनुपर्छ (हुन त युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले यसमा आफूहरूको संलग्नता नरहेको बताएका छन्) ।
युक्रेनले यो आक्रमण गरेकै हो भने पनि त्यो पूर्णतः प्रतीकात्मक र राजनीतिक हो । ड्रोनमा हुने साना वारहेडमार्फत पुटिनलाई मार्न सकिने अपेक्षा उनीहरूले नगरेका हुन सक्छन् । अझ त्यसमाथि पुटिन आजकल क्रेमलिन खासै जाने गर्दैनन् । घटना हुँदा उनी नोभो–ओगोर्योभोमा रहेको निवासमा थिए ।
मस्को पनि सुरक्षित छैन है भन्ने सन्देश युक्रेनीहरूले दिन खोजेका हुन सक्छन् । अनि रुसले मे ९ मा भव्यतापूर्वक मनाउने गरेको विजय दिवस (दोस्रो विश्वयुद्धमा नाजीहरूलाई गरेको पराजयको सम्झना) भन्दा अघि यो आक्रमण गरी युक्रेनले रुसलाई सन्देश दिएको हो । सुरक्षा चिन्ताका कारण विजय दिवसका अनेकौं कार्यक्रम कि त रद्द गरिएका छन् कि त तिनको स्केल घटाइएको छ ।
वास्तवमा यस आक्रमणको गम्भीर जोखिम छ । क्रेमलिनले उपयुक्त अवसरमा प्रतिकारात्मक कारवाही गर्ने अधिकार आफूहरूसँग रहेको जनाएको छ । अहिले नै युक्रेनमा विनाश मच्चाइरहेका रुसीहरूले यसै बहानामा युद्ध चर्काउन सक्छन् । (यस घटनाले वाशिङटनलाई क्रुद्ध बनाउन सक्छ किनकि उसले महिनौंदेखि किएभलाई रुसी भूमिमा यस्ता किसिमका आक्रमण नगर्न चेतावनी दिँदै आएको छ ।)
यही कारणले गर्दा पनि कतिपयले यसलाई पुटिनले गराएको झूटो आक्रमण हो भनिरहेका छन् । रुसी जनतालाई आक्रोशित बनाउन अनि युक्रेनमा थप बर्र्बर आक्रमण गर्नका लागि यसले पुटिनलाई बहाना दिएको उनीहरूको भनाइ छ ।
जेलेन्स्कीका एक सल्लाहकार मिखाइलो पोदोल्याकले यस आक्रमणमा किएभको कुनै हात नरहेको बताएका छन् । बरू यसले रुसको थप आक्रमणको पूर्वाभास दिएको उनको भनाइ छ ।
तर किएभको यो दाबी विश्वसनीय छैन । पोदोल्याकले भनेको कुरा सही हो भने त रुसले आफ्नो सुरक्षा कमजोरी आफैंले स्वीकार गरेको ठहरिन्छ ।
यो सन् १९८७ मा भएको कुख्यात घटनासँग तुलना गर्न सकिन्छ । त्यतिखेर माथियास रस्ट नामक युवा जर्मनले शान्ति अभियानका नाममा क्रेमलिन नजिकको मोस्क्वोरेत्स्की पुलमा हलुका विमान उतारेका थिए । यस घटनापछि तत्कालीन रक्षामन्त्री तथा हवाई प्रतिरक्षा बलका कमान्डर लगायत शीर्ष कमान्डलाई बर्खास्त गरिएको थियो ।
अहिलेको घटनापछि रुसका रक्षामन्त्री सर्गे शोइगुलाई बर्खास्त गरिएला त ?
पुटिनले राजनीतिक लाभका लागि आफ्ना हवाई प्रतिरक्षा बल ड्रोन रोक्न समेत सक्षम नरहेको भन्ने आभास दिलाउन खोज्लान् भन्ने कुरा नै विश्वसनीय छैन । युक्रेन सीमाबाट ४५० किलोमिटर पर देशको मुटुमा गरिएको आक्रमण पुटिनले आफ्नो लाभका लागि हुन दिएको कुरा पत्याउन सकिन्न ।
त्यसैले यो आक्रमण युक्रेनले नै गरेको हुन सक्छ । आफ्ना पूर्वाधार, निजी निवास र अस्पतालहरूमा रुसले लगातार क्षेप्यास्त्र आक्रमण गरिरहँदा त्यसको जवाफ फर्काउनुपर्ने सोच किएभलाई आएको हुन सक्छ ।
अहिलेसम्मका सबै कुरा अनुमान हुन् । तर यस घटनाले युद्धप्रति चासो नराख्ने रुसीहरूलाई समेत आक्रोशित तुल्याउन सक्ने सम्भावना छ । एकजना टिप्पणीकारले यो घटना पुटिनलाई जेलेन्स्कीले दिएको उपहार हुन सक्ने बताएका छन् र त्यो सत्य हुन सक्छ ।
द स्पेक्टेटर पत्रिकामा प्रकाशित मार्कग्यालिओत्तीको विश्लेषण लोकान्तरका लागि विन्देशदहालले अनुवाद गरेका हुन् ।
नक्कली शरणार्थी प्रकरणमा निकटस्थहरू नै मुछिएको आशंका उत्पन्न हुँदा अस्वाभाविक मौनता साँधेका कांग्रेस, एमाले र माओवादीका शीर्ष नेतालाई पशुपतिको जलहरी प्रकरणले अर्को विवादमा तानेको छ । नेपालीलाई नक्कली ...
तेस्रोपटक प्रधानमन्त्री भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलिदेखि भारतको औपचारिक भ्रमण गर्दैछन् । प्रधानमन्त्री भएको ५ महिनापछि प्रचण्ड भारतको चार दिने भ्रमणमा जान लागेका हुन् । संसद्लाई जानकारी ...
भारतको नयाँ संसद् भवनमा राखिएको राजदण्ड सेन्गोलका विषयमा विभिन्न बहसहरू भइरहेका छन् । सेन्गोल र यसको इतिहासका बारेमा संक्षिप्त चर्चा गरौं । सेन्गोल तमिल शब्द सेम्मईबाट बन्छ । त्यसको अर्थ धर्मपरायणता हु...
युक्रेनको पूर्वी भागमा रहेको बाखमुत शहर लामो समयसम्म चलेको युद्धपछि रुसीहरूको नियन्त्रणमा पुगेको छ । गत शनिवार (२० मे) मा रुसको निजी सैन्य समूह वाग्नरका प्रमुख येभ्गेनी प्रिगोजिनले २२४ दिनको लडाइँपछि...
रूपान्तरण र पुस्तान्तरणको बहस हुँदै आएको कांग्रेसमा आधा कार्यकाल पूरा नगर्दै सभापति शेरबहादुर देउवामाथि एकपछि अर्को प्रश्न उठ्न थालेका छन् । पुरानो ढर्राको नेतृत्वले बदलिँदो समयलाई सम्बोधन नगर्दा चुनौती थपिएको...
अमेरिकाका अग्रणी कूटनीतिकर्मी हेनरी किसिन्जर शनिवार (२७ मे) मा १०० वर्ष पुगेका छन् । कूटनीति तथा अन्तर्राष्ट्रिय राजनीतिको क्षेत्रमा किसिन्जरलाई भीष्मपितामहका रूपमा लिइन्छ । दोस्रो विश्वयुद्धपछिको अमेरिकी ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...