सुपरस्टार फूटबलर लियोनल मेसीलाई साउदी अरबको क्लब अल हिलालले ६५ अर्ब रुपैयाँभन्दा बढीको प्रस्ताव गरेको स्काई स्पोर्ट्सले खबर दिएको छ ।
फ्रान्सको पेरिस सेन्ट जर्मेन क्लबमा खेलिरहेका मेसीलाई जम्मा एक सीजनका लागि त्यति धेरै रकम दिन लागिएको हो ।
मेसीलाई मोटो रकम तिरेर भित्र्याउन पाए साउदी लीगको आर्थिक आकर्षण बढ्ने अपेक्षा अल हिलालले गरेको छ ।
साउदी लीगमा पोहोर साल अर्का सुपरस्टार फूटबलर क्रिस्टियानो रोनाल्डो खेल्न थालिसकेका छन् ।
उनले अल नासर क्लबसँग कीर्तिमान रकम सम्झौता गरेका थिए ।
तर मेसीले अल हिलालसँग ६५ अर्बभन्दा बढीको सम्झौता गरेमा रोनाल्डो निकै पछि पर्नेछन् ।
मेसीलाई साउदीका पर्यटनमन्त्री अहमद अल–खातीबले स्वागत गरेका छन् ।
नयाँ सीजनबाट मेसीले पीएसजी छोड्न मन गरेको बताइएको छ ।