१० असार २०८३, बुधबार

व्यवसायी कँडेल मृत्यु प्रकरणः निजी क्षेत्रद्वारा शान्तिपूर्ण प्रदर्शन

बैशाख २१, २०८०
व्यवसायी कँडेल मृत्यु प्रकरणः निजी क्षेत्रद्वारा शान्तिपूर्ण प्रदर्शन

व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी दिइएका व्यक्तिलाई पक्राउ गर्नका लागि जिल्लाका निजी क्षेत्रहरूले दबाबस्वरूप शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

 उद्योग वाणिज्य सङ्घ चितवन, उद्योग सङ्घ चितवनसहितका निजी क्षेत्रको अगुवाइमा आज जिल्ला प्रहरी कार्यालय चितवन अगाडि र जिल्ला प्रशासन कार्यालय अगाडि दबाबमूलक धर्ना कार्यक्रम गरिएको हो ।

मङ्गलबार साँझ आफ्नै कार्यालयमा आत्महत्या गरेको अवस्थामा फेला परेका कँडेलको परिवारले कम्पनीको ८५ प्रतिशत सेयर खरिद गरेका प्रदीप रुङ्गाटा र कार्यालयकै लेखा प्रमुख जीवन रावलका कारण आत्महत्या गर्नुपरेको भन्दै किटानी जाहेरी दिएका थिए । 
मृत भेटिएको ३६ घण्टासम्म पनि प्रहरीले आरोपीलाई समाउन नसकेको भन्दै निजी क्षेत्रले शान्तिपूर्ण प्रदर्शन गरेको हो । प्रदर्शनीका क्रममा चौबीसकोठी र हाकिमचोकमा केही समय चक्काजामसमेत गरिएको थियो ।

नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका कँडेल जिल्लामा परिचित व्यक्ति थिए । उनको मृत्युको विषयलाई लिएर नेपाली कांग्रेस चितवनले शुक्रबार दिउँसो १ बजे जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रमसमेत तय गरेको छ ।

 दोषी भनिएकाहरूलाई पक्राउ गरी तत्काल अनुसन्धान सुरु गर्नका लागि जिल्लाका व्यवसायी एवं नेपाली कांग्रेस चितवनले दबाबपूर्ण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्