२२ असार २०८३, सोमबार

ब्रिटिश प्रोफेशनल कलेज प्रतिष्ठित अवार्डबाट सम्मानित

बैशाख २२, २०८०
ब्रिटिश प्रोफेशनल कलेज प्रतिष्ठित अवार्डबाट सम्मानित

ब्रिटिश प्रोफेशनल कलेजले प्रतिष्ठित प्लेटिनम एप्प्रुड लर्निङ पार्टनर (एएलपी) अवार्डबाट सम्मानित भएको छ ।​

एसीसीए अध्यापन गराउने संस्थाहरूलाई प्रदान गरिने यो अवार्ड सबैभन्दा उच्च र प्रतिष्ठित अवार्डको रुपमा परिचित छ । विश्वभर यो अवार्ड प्राप्त गर्ने केहीमात्र कलेजहरू रहेका छन् । यो अवार्ड कलेजका लागि कोसेढुंगा सावित हुने कलेजले विश्वास लिएको छ ।

द एसोसियसन अफ चार्टटण्ड सर्टिफाइड एकाउन्टेन्ट (एसीसीए) व्यावसायिक एकाउन्टेन्टहरूको विश्वको अग्रणी निकाय हो । जसले एकाउन्टिङ र फाइनान्स योग्यता प्रदान गर्नमा उत्कृष्ट ट्रयाक रेकर्ड राखेको छ । उच्च गुणस्तरको शिक्षालगायत एसीसीए विद्यार्थीहरूलाई प्रदान गर्ने साथ र सहयोगलाई मध्यनजर गर्दै त्यस्ता संस्थाहरूलाई एएलपी अवार्ड प्रदान गरिन्छ ।

अवार्डबाट सम्मानित भएपछि बीपीसीका एसीसीए प्रोग्राम म्यानेजर दीपेन्द्र के श्रेष्ठले भने, ‘यो बीपीसीको शैक्षिक गुणस्तर र विद्यार्थीहरूले प्राप्त गरेको सफलताको नतिजा हो । यो अवार्ड प्राप्त गर्नुले के देखाउँछ भने, हामी उनीहरूले दिएको लक्ष्य र आवश्यकता पूर्ति गर्न निरन्तर सफल रहेका छौँ । अझै सुधार र उत्कृष्टता प्रदर्शन गर्न प्रतिबद्धता व्यक्त गर्छु ।’

यो प्रक्रियाले पनि विद्यार्थी उत्तीर्ण दर राम्रो रहेको पुष्टि गर्छ । यसले विद्यार्थीहरूको नतिजा विश्वव्यापी औसतभन्दा धेरै उत्कृष्ट रहेको सहजै अनुमान लगाउन सकिन्छ । विगत एक दशकमा मात्रै एसीसीए संकायले विद्यार्थीहरूलाई धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गर्न मद्दत गरेको छ । यस संस्थामा अध्ययनरत विद्यार्थी तीन पटकसम्म विश्वमै पहिलो स्थान हासिल गर्न सफल भएका थिए । 

द ब्रिटिस कलेजका मार्केटिङ प्रमुख अमरदीप मण्डलले भने, ‘व्यावसायिक एकाउन्टेन्ट बन्न चाहने विद्यार्थीहरूका लागि बीपीसी एक भरपर्दो संस्था सावित गराउन यो अवार्डले ठूलो.भूमिका खेल्नेछ । हामी हाम्रा सबै विद्यार्थी, कर्मचारी तथा संकाय सदस्यहरूलाई उनीहरूको कडा परिश्रम र समर्पणका लागि धन्यवाद दिन चाहन्छौं । यो उपलब्धि हाम्रो लागि कोसेढुंंगा हो ।’

salt training

कमेन्ट गर्नुहोस्