
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी वर्तमान सरकारकै निरन्तरताको पक्षमा रहेको बताएका छन् । शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको पनि हित नहुने बताएका हुन् ।
प्रयाप्त बहुमत भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिए पनि सरकारलाई फरक नपर्ने उनको भनाइ छ । ‘सरकारको स्थिरता आवश्यक छ । दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाएर कसैले हित हुँदैन । दिनैपिच्छे सरकार परिवर्तन गरिराख्नु पनि गलत हो,' उनले भने, 'सरकार स्थिर भएर काम गर्नुपर्छ ।’
अध्यक्ष यादवले मुलुकलाई संकटबाट जोगाउन वित्तीय नीतिमै परिवर्तन गरेर अघि बढ्न सरकारलाई सुझाव दिए ।