१२ साउन २०८३, मंगलबार

नक्कली शरणार्थी प्रकरणका दोषीमाथि कारबाही हुनुपर्छ: माधव नेपाल

बैशाख २४, २०८०
नक्कली शरणार्थी प्रकरणका दोषीमाथि कारबाही हुनुपर्छ: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सङ्लग्न  दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु नहुने बताएका छन् । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंँग संक्षिप्त कुराकानी गर्दै उनले यसमा सहभागी साना ठूला सबैलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्री नेपालले भने, “सरकारले घटनामा सङ्लग्न दोषीलाई बचाउन आउने उच्च दबाब सामू कुनै पनि हालतमा झुक्नु हुदैन ।”

उनले बदमासी गर्ने जोसुकै भए पनि तिनीहरुलाई कानुनको दायरामा ल्याएर सजायको भागिदार बनाउनुपर्नेमा जोड दिए । 

salt training

कमेन्ट गर्नुहोस्