२२ जेठ २०८३, शुक्रबार

दुई अस्पतालमा नि:शुल्क डायलाइसिस सेवा सुरु

कात्तिक २०, २०७४
दुई अस्पतालमा नि:शुल्क डायलाइसिस सेवा सुरु
रुपन्देही, २५ पुस - रुपन्देहीमा रहेका दुई अस्पतालमा निःशुल्क डायलाइसिस सेवा सुरु भएको छ ।

kidneyस्वास्थ्य मन्त्रालयको निर्देशनपछि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवल र भैरहवामा रहेको सिद्धार्थ नगर सिटी हस्पिटलले उक्त सेवा सुरु गरेका छन् । सरकारले निःशुल्क मिर्गाैला डायलाइसिसको लागि अनुमति दिएसँगै यी अस्पतालले सेवाको सुरुवात गरेका हुन् ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले निःशुल्क डायलाइसिसका बिरामीको नियमित रुटिन परीक्षण पनि निःशुल्क गर्ने भएको छ । डायलाइसिसका बिरामीले हरेक महिना रुटिन परीक्षण र तीन महिनामा एचबिएसएजी, एचसिभी र एचआइभी परीक्षण गर्नुपर्ने हुन्छ । बिरामीको नियमित अवस्था थाहा पाउन सिबिसी, आरएफटी, प्लेटलेस, क्याल्सियम, फस्फोरस्, युरिक एसिड, लिपीड प्रोफाइल, टोटल प्रोटिन, एल्बुमिन, ब्लड सुगरलगायतको परीक्षण गर्नुपर्ने अस्पतालले जनाएको छ ।

सरकारले यसअघि निःशुल्क डायलाइसिसको अनुमति दिएका सरकारी अस्पतालले समेत रुटिन परीक्षण निःशुल्क नगरेको र गौतमबुद्ध सामुदायिक अस्पताल नै निःशुल्क घोषणा गर्ने पहिलो रहेको अस्पतालले दाबी गरेको छ ।
नेपालका करिब तीन करोड जनसङ्ख्यामध्ये १० प्रतिशतअर्थात करिब ३० लाख जनाको मिर्गाैलामा कुनै न कुनै समस्या रहेको बताइन्छ ।

salt training

कमेन्ट गर्नुहोस्