११ साउन २०८३, सोमबार

यामाहा परिवार निर्माणका लागि यामाहाले ल्यायो ‘ब्लु स्ट्रिक्स’

बैशाख २५, २०८०
यामाहा परिवार निर्माणका लागि यामाहाले ल्यायो ‘ब्लु स्ट्रिक्स’

यामाहा नेपालले आफ्नो बहुप्रतिक्षित ‘ब्लु स्ट्रिक्स’ शुरु गरेको छ । यामाहा प्रयोगकर्ताहरूलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलहरूबीच बलियो सम्बन्ध सिर्जना गर्न डिजाइन गरिएको ‘ब्लू स्ट्रिक्स’ एक रोमाञ्चक र नवीन कार्यक्रम भएको र यसले एउटा सशक्त यामाहा परिवार सिर्जना गर्ने कम्पनीको विश्वास रहेको छ ।

कम्पनीका अनुसार यामाहा केवल मोटरसाइकल निर्माता मात्र नभएर सवारहरूका लागि अविस्मरणीय अनुभवहरूको निर्माता पनि हो ।

‘ब्लु स्ट्रिक्स’ यामाहाको आफ्ना ग्राहकहरूसँग गहिरो सम्बन्ध विकास गर्न र भविष्यमा ‘म्यान–मेसिन’ अन्तरक्रियालाई थप आकर्षक र रोमाञ्चक अनुभव बनाउने प्रतिबद्धताको एक हिस्सा हो ।

null

‘ब्लु स्ट्रिक्स’ कार्यक्रममा सामेल भएर यामाहा प्रयोगकर्ताहरूले यामाहा समुदायसँग संलग्न भई विभिन्न फाइदा र अवसरहरू प्राप्त गर्नेछन् । विशेष कार्यक्रमका अवसर र सवारीहरूदेखि लिएर भविष्यमा आउने विशेष प्रमोशन र छुटहरूसम्म प्रदान गरि ‘ब्लु स्ट्रिक्स’ ले यामाहा मालिकहरूका लागि थप निकटता र रमाइलो अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ ।

‘ब्लु स्ट्रिक्स’को शुरुवात यामाहाका लागि महत्वपूर्ण कोसेढुङ्गा हो’, माउ इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने । ‘हामी सम्पूर्ण यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र उनीहरूसँग बलियो सम्बन्ध बनाउन पाउँदा हर्षित छौं । हाम्रो लक्ष्य भनेको मोटरसाइकल र खुला सडकप्रति आफ्नो प्रेम बाँड्न सक्ने भावुक र जिम्मेवार यामाहा मालिकहरूको समुदाय सिर्जना गर्नु हो ।’

salt training

कमेन्ट गर्नुहोस्