२२ असार २०८३, सोमबार

प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरौं : वामदेव गौतम

बैशाख २५, २०८०
प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरौं : वामदेव गौतम

राष्ट्रियसभा सदस्य वामदेव गौतमले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रबन्ध गर्नै माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा उनले यस्तो बताएका हुन् ।

शासकीय प्रणाली र निर्वाचन प्रणालीमा सुधार नगर्दासम्म कुनै पनि परिवर्तन हुन नसक्ने भन्दै उनले कृषि क्षेत्रको आमूल परिवर्तन नभइकन देशको आर्थिक परिवर्तन र सुधार हुन नसक्ने भएकाले त्यसमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।

बलिदान र त्यागबाट राजनीतिक व्यवस्था परिवर्तन भए पनि खास अर्थमा आर्थिक, सामाजिक अवस्थामा कुनै सुधार नभएकाले त्यसमा ध्यान दिनुपर्ने उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्