१० असार २०८३, बुधबार

बालिका बलात्कारको आरोपमा ५४ वर्षीय पुरुष पक्राउ

बैशाख २६, २०८०
बालिका बलात्कारको आरोपमा ५४ वर्षीय पुरुष पक्राउ

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुरबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका १ बालुवाटारका ५४ वर्षीय अतिमान विक छन् । उनलाई सोमवार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीका अनुसार विकले ती बालिकालाई डर धम्की देखाइ गत वैशाख १८ गते बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्