
नागार्जुनको एक रेष्टुराँमा आगलागी भएको छ । गएराति १० बजे आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयले आगो निभाएको प्रहरी वृत्त स्वयम्भुले जनाएको छ ।
नागार्जुन नगरपालीका–४ स्थित सरलपुरको मिन्ट लिफ रेष्टुराँमा आगलागी भएको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक देवीदत्त मोतेले जानकारी दिए । उनका अनुसार दुई वटा दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको हो । क्षतिको पूर्ण विवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।