१२ असार २०८३, शुक्रबार

नेपाल एयरलाइन्सको कोरिया उडानका लागि पहल गरिदिन अध्यक्ष तिमिल्सिनाको आग्रह​

बैशाख २७, २०८०
नेपाल एयरलाइन्सको कोरिया उडानका लागि पहल गरिदिन अध्यक्ष तिमिल्सिनाको आग्रह​

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क चोंग सुकले बिदाइ भेट गरेका छन् ।​

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा उनीहरुबीच दुई देशबीचको सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको थियो ।

सो अवसरमा दक्षिण कोरियाले नेपालमा आफ्ना विद्युतीय उपकरण उत्पादन गर्ने उद्योग सञ्चालन गरिएकामा धन्यवाद ज्ञापन गर्दै सवारी साधन उत्पादन गर्न र अन्य उद्योग स्थापना गरेर नेपालमा रोजगारीको अवसर सृजना गर्न अध्यक्ष तिमिल्सिनाले आग्रह गरेका थिए ।

धेरै नेपाली युवायुवतीलाई इपिएसमार्फत रोजगारीको अवसर दिएकामा धन्यवाद ज्ञापन गर्दै उनले नेपाल एयरलाइन्सको कोरिया उडानका लागि पहल गरिदिन पनि जोड दिए । 

अध्यक्ष तिमिल्सिनाले उनलाई गणतन्त्र कोरियाको राजदूतका रुपमा नेपाल–कोरिया सम्बन्धलाई थप मजबुत, प्रगाढ र व्यापक बनाउन भूमिका निर्वाह गरेकामा धन्यवाद दिएका थिए ।

त्यस अवसरमा  राजदूत सुकले नेपालमा लगानीमैत्री वातावरण बन्न सकेको अवस्थामा कोरियाका धेरै उद्योग नेपालमा आउन सक्ने बताए । उनले दुवै देशबीच भविष्यमा उच्चस्तरीय भ्रमण हुने विश्वास व्यक्त गर्दै दुवै देशबीचमा सम्बन्ध प्रगाढ बनाउन अध्यक्ष तिमिल्सिनाले गरेको पहलका लागि आभार व्यक्त गरे । उनी नेपालमा आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्