०६ साउन २०८३, बुधबार

पूर्व एसएसपीको आरोप – नोटको बिटोसहित बूढानीलकण्ठकी भाउजू नभेट्दा बढुवा हुन दिइएन

बैशाख २८, २०८०
पूर्व एसएसपीको आरोप – नोटको बिटोसहित बूढानीलकण्ठकी भाउजू नभेट्दा बढुवा हुन दिइएन

नेपाल प्रहरीका पूर्व एसएसपी लब विष्टले कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु देउवाप्रति लक्षित गर्दै पैसाको बिटोसहित नभेट्दा बढुवा हुनबाट बन्चीत भएको आरोप लगाएका छन् । आरजुको नामै नलिइ उनले बूढानीलकण्ठमा बस्ने भाउजू भनेर सम्वोधन गरेका छन् ।

उनले बिहीवार सामाजिक सञ्जालमार्फत आफू प्रहरी सेवामा रहँदा दुई पटक राजनीतिक आक्रमण भएको दाबी गरेका छन् । 

झुटा डाँका मुद्दा दर्ता नगर्दा २०४७ मा सप्तरीबाट २४ घन्टामा दार्चुला सरूवा गरेको उनले बताएका छन् ।

यस्तै कार्य सम्पादनमा अब्बल हुँदाहुँदै पनि नोटको बिटोसहित विमलेन्द्र निधिमार्फत बूढानीलकण्ठ बस्ने भाउजूलाई  चाकडी गर्न नमान्दा बढुवा हुनबाट बन्चीत भएको र अवधि नै नपुगी प्रहरी सेवाबाट हट्नुपरेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्