२१ जेठ २०८३, बिहीबार

उपचार गराउन आएका बिरामीले हत्या गरे डाक्टरको

बैशाख २८, २०८०
उपचार गराउन आएका बिरामीले हत्या गरे डाक्टरको

भारतको केरल राज्यमा उपचार गराउन पुगेका एक बिरामीले महिला चिकित्सकको हत्या गरेपछि त्यहाँका सरकारी र निजी चिकित्सकहरूले हडताल गरेका छन् । 

कोत्ताराक्कारा तालुक अस्पतालमा कार्यरत डा. वन्दना दासलाई पुरुष बिरामीले सर्जिकल कैंची तथा स्काल्पेल उपयोग गरी हत्या गरेका थिए । 

सन्दीप नामक ती व्यक्ति चोट लागेको हातगोडाको उपचार गराउन चिकित्सककहाँ पुगेका थिए ।

प्राथमिक विद्यालयमा पढाउने सन्दीप मदिराको लती तथा लागूऔषध दुर्व्यसनी रहेको बताइएको छ । 

प्रत्यक्षदर्शीहरूका अनुसार, उनले पहिला प्रहरी र एक नातेदारमाथि आक्रमण गरेका थिए भने पछि गएर उनले चिकित्सकको शरीरमा कैंची र चक्कु प्रहार गरेका थिए ।

उनलाई शय्यामा राखेर उपचार गरिँदै गर्दा एक्कासि चिच्याउँदै उठेका थिए अनि तीखो कैंची र चक्कु समातेर भेटेजति मान्छेलाई आक्रमण गर्दै हिँडेका थिए । 

वन्दनालाई उनी कार्यरत अस्पतालमा उपचार गरिए पनि सफल हुन नसकेपछि तिरुवनन्तपुरम लगिएको थियो । तर उनको ज्यान बचाउन सकिएको थिएन । 

डा वन्दना दास सन्दीपको हातमा कैंची र चक्कु देखेपछि डराएर स्तब्ध भएको अनि भाग्न नसकेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । सन्दीपले उनीमाथि कैयौंपटक प्रहार गरी गहिरो चोटपटक लगाएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्