जेठ १६, २०८०
भारतस्थित उत्तरी दिल्लीको बारापुल्लाह-नोएडा लिंक रोड क्षेत्रमा निर्माणाधीन फ्लाइओभरबाट कार खस्दा ४२ वर्षीय पुरुषको मृत्यु भएको छ। दुर्घटना शुक्रबार भएको हो । मृतकको नाम जगनदीप सिंह हो, जो दिल्लीको कृष्णनग...
भारतको केरल राज्यमा उपचार गराउन पुगेका एक बिरामीले महिला चिकित्सकको हत्या गरेपछि त्यहाँका सरकारी र निजी चिकित्सकहरूले हडताल गरेका छन् ।
कोत्ताराक्कारा तालुक अस्पतालमा कार्यरत डा. वन्दना दासलाई पुरुष बिरामीले सर्जिकल कैंची तथा स्काल्पेल उपयोग गरी हत्या गरेका थिए ।
सन्दीप नामक ती व्यक्ति चोट लागेको हातगोडाको उपचार गराउन चिकित्सककहाँ पुगेका थिए ।
प्राथमिक विद्यालयमा पढाउने सन्दीप मदिराको लती तथा लागूऔषध दुर्व्यसनी रहेको बताइएको छ ।
प्रत्यक्षदर्शीहरूका अनुसार, उनले पहिला प्रहरी र एक नातेदारमाथि आक्रमण गरेका थिए भने पछि गएर उनले चिकित्सकको शरीरमा कैंची र चक्कु प्रहार गरेका थिए ।
उनलाई शय्यामा राखेर उपचार गरिँदै गर्दा एक्कासि चिच्याउँदै उठेका थिए अनि तीखो कैंची र चक्कु समातेर भेटेजति मान्छेलाई आक्रमण गर्दै हिँडेका थिए ।
वन्दनालाई उनी कार्यरत अस्पतालमा उपचार गरिए पनि सफल हुन नसकेपछि तिरुवनन्तपुरम लगिएको थियो । तर उनको ज्यान बचाउन सकिएको थिएन ।
डा वन्दना दास सन्दीपको हातमा कैंची र चक्कु देखेपछि डराएर स्तब्ध भएको अनि भाग्न नसकेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । सन्दीपले उनीमाथि कैयौंपटक प्रहार गरी गहिरो चोटपटक लगाएका थिए ।
भारतस्थित उत्तरी दिल्लीको बारापुल्लाह-नोएडा लिंक रोड क्षेत्रमा निर्माणाधीन फ्लाइओभरबाट कार खस्दा ४२ वर्षीय पुरुषको मृत्यु भएको छ। दुर्घटना शुक्रबार भएको हो । मृतकको नाम जगनदीप सिंह हो, जो दिल्लीको कृष्णनग...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
अहिले विद्युतीय गाडीको बजार विस्तार भइरहेको बेलामा जापानले निकै द्रुत गतिमा दौडिने एउटा कार सार्वजनिक गरेको छ । आस्पार्क आउल नामक उक्त कार २०० माइल (३२२ किलोमिटर) प्रतिघन्टाको गतिमा दौडिन सक्छ । यति...
भारतको आन्ध्र प्रदेशमा रहेको वेमना इंदलू गाउँका मानिस कहिले पनि जुत्ता चप्पल लगाउँदैनन् । गाउँको स्थापना भएदेखि नै यस्तो परम्परा चलिआएको हो । अनि यस गाउँबाट बाहिर गएर फर्किने बेलामा नुहाइधुवाइ नगरी ...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...