२६ जेठ २०८३, मंगलबार

आरजु ब्राण्डको चामल नेपाली बजारमा, उपभोक्तालाई सस्तोमा नेपाली स्वाद

बैशाख २८, २०८०
आरजु ब्राण्डको चामल नेपाली बजारमा, उपभोक्तालाई सस्तोमा नेपाली स्वाद

बुद्ध एयरका सञ्चालकले बजारमा आरजु चामल ल्याएका छन् । 

पूर्वी तराईको मोरङमा आरजु राइस मिल स्थापना गरेर सोही मिलबाट उत्पादित चामल बजारमा ल्याइएको हो । नेपाली किसानद्वारा उत्पादित तथा प्रवर्द्धित यो चामल सुपथ मूल्यमा उपलब्ध हुने, नेपाली स्वाद र नेपाली किसानबाटै उत्पादित भएको उल्लेख छ ।

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले आफ्नी छोरीको नाममा नेपाली चालको नयाँ ब्राण्ड सार्वजनिक गरेका छन् । बिहीवार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर आरजु ब्राण्डको चामल बजारमा ल्याएको घोषणा गरिएको छ । 

आरजु ब्राण्डको जिरा मसिनो र लङग्रेनमा चामल बजारमा उपलब्ध भएको जानकारी दिइएको छ । मोरङमा लामो समयदेखि कृषिमा यान्त्रीकरण गर्दै आएका बस्नेतले किसानलाई उचित मूल्य दिन, आयातलाई केही हदसम्म भए पनि कम गर्न तथा नेपाली बजारमा नेपाली स्वादकै चामल ल्याउन आरजु चामल ल्याएको जानकारी दिएका छन् । 

नेपाली किसानले उत्पादन गर्ने वर्षे र हिउँदै दुबै सिजनको धान खरिद गरेर आरजु ब्राण्डमा चामल बनाइएको हो । नेपाली किसानको धानको न्यूनतम् समर्थन मूल्यमसेत ग्यारेन्टी आरजु राइस मिललले गरेको छ । 

आरजुले निर्वाहमुखीबाट व्यावसायिकतातर्फ जान चामलबाट खाद्यान्न क्षेत्रमा लगानी विस्तार गरेको समेत जानकारी दिएको छ । 

आरजुले बिउ, उत्पादनको खरिद र पहिले नै खरिद मूल्य तोकेर किसानलाई प्रोत्साहन गरेको मोरङका कृषक दिब्यराज खतिवडाले बताए । उनले विगतका वर्षहरूमा किसानको धान बिक्री नहुने, बिउ, बिजनको सही प्रयोग नहुने र बजार नपाउँदा उत्पादन पनि कम हुने अवस्था अब अन्त्य भएको छ ।

किसानले उचित मूल्य पाउने र आरजुले नै बिउ दिने र खरिदको आधार पनि सुनिश्चत गरेपछि किसान उत्साहित भएर धान खेती गरिरहेको पनि खतिवडाले बताए । 

null

salt training

कमेन्ट गर्नुहोस्