
परराष्ट्रमन्त्री एनपी साउँद आज बंगलादेशको ढाका जाने भएका छन् ।
ढाकामा हुने छैटौं इन्डियन ओसन कन्फ्रेन्स २०२३ मा भाग लिन साउँद आज शुक्रवार बिहान ११ बजे ढाका जान लागेको सचिवालयले जनाएको छ ।
भारतीय विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजनामा सम्मेलन हुँदैछ ।
भ्रमणका क्रममा साउँदले भारतीय विदेशमन्त्री एस जयशंकर र बंगलादेशी राष्ट्रपति शेख हसिनासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।