२३ जेठ २०८३, शनिबार

ट्रयाक्टर दुर्घटनामा १ मजदुरको मृत्यु

बैशाख २९, २०८०
ट्रयाक्टर दुर्घटनामा १ मजदुरको मृत्यु
प्रतिकात्मक तस्वीर

रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा १ मजदुरको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका–५ सर्कनाका १३ वर्षीय खेमराज रोका रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम सारुमगरका अनुसार रा१त ३८८१ नम्बरको ट्रयाक्टर बिहीवार राति लुङ्ग्री गाउँपालिकाको मछेटीमा दुर्घटना भएको हो ।

दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । 

लुङ्ग्रीको दोमैमा सडक निर्माणमा खटिएका कामदार काम सकेर बास बस्नका लागि किलाचौरतर्फ जाँदै गर्दा ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका मजदुरको प्राथमिक स्वास्थ्य चौकी सुलीचौरमा उपचार भइरहको छ । 

salt training

कमेन्ट गर्नुहोस्