२६ जेठ २०८३, मंगलबार

कार्यान्वयनको चरणमै रहेको प्रादेशिक संरचना खारेजीको बहस सुरु

बैशाख ३१, २०८०
कार्यान्वयनको चरणमै रहेको प्रादेशिक संरचना खारेजीको बहस सुरु

 संविधानले परिकल्पना गरेको संघीय शासन प्रणालीअनुसार कार्यान्वयनको चरणमा रहेको प्रादेशिक संरचना खारेजीको बहस शुरू भएको छ । शिशु अवस्थामै रहेको संघीय प्रणालीअन्तर्गत प्रादेशिक संरचना खारेज गर्नुपर्ने प्रस्ताव संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय कमिटी बैठकमै उठेपछि यसबारे थप बहस शुरू भएको हो ।

नेपालको संविधान २०७२ ले महत्वपूर्ण उपलब्धिका रूपमा संस्थागत गरेर कार्यान्वयनमा आइसकेको प्रदेश संरचनाका विषयमा विभिन्न कोणबाट छलफलहरू चलिरहे पनि मुख्य राजनीतिक दलहरूबाटै यसको विकल्पका सन्दर्भमा कुनै छलफल भएको थिएन । प्रदेश संरचना खारेजीको प्रस्ताव अगाडि बढाउने ठूलो दलका रूपमा एमाले पहिलो भएको छ । यद्यपि, राष्ट्रिय जनमोर्चाले भने राज्य पुनर्संरचनाको शुरूदेखि नै सडक र सदनबाट संघीयताको विरोध गर्दै आएको छ । राजमोका अध्यक्ष चित्रबहादुर केसीले संघीयतालाई अस्वीकार गरे पनि अन्य सबै राजनीतिक दलहरूको स्वीकार्यतामा संघीय संरचना निर्माण भई कार्यान्वयनको चरणमा रहेको छ । नेपाल समाचारपत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्