०६ असार २०८३, शनिबार

चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने गिरोहका तीन जना पक्राउ

बैशाख ३१, २०८०
चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने गिरोहका तीन जना पक्राउ

चिट्ठा पर्‍यो भन्दै रकम असुल गर्ने गिरोहका तीन जना उदयपुरबाट पक्राउ परेका छन् ।​

पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–३ का उज्जवल थापामगर, चितवनको रत्ननगर नगरपालिका–२ का सुशील श्रेष्ठ र काठमाडौं महानगरपालिका १० बुद्धनगरमा लुकीछिपी बसेका कटारी–३ का विशाल थापामगर रहेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए । उनीहरू विरुद्ध ठगीसम्बन्धी मुद्दा दर्ता गरिएको छ ।

प्रहरीका अनुसार उनीहरूले दुई महिनाभित्र विभिन्न स्थानका सोझासाझा व्यक्तिबाट २२ लाखभन्दा बढी रकम ठगी गरेका छन् । चिट्ठा परेका व्यक्तिले करस्वरुप तोकिए बमोजिमको रकम बुझाउनुपर्ने भन्दै उनीहरूले रकम असुल गरेर ठगी गरेको प्रहरीले जनाएको छ ।

उनीहरू विरुद्ध  मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद २१ अन्तर्गत एक्सटर्शनको कसुरमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्