
काठमाडाैं, २५ पुस-अमेरिकी राष्ट्रपति बाराक ओबामाले नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसलाई पारिवारिक व्यवसायका रुपमा चलाउने कोशिश नगर्न सुझाव दिएका छन् ।
अमेरिकी टेलिभिजन च्यानल एबीसी न्यूजसँगको अन्तवार्तामा ओबामाले ट्रम्पलाई देशको संस्थाहरुको सम्मान गर्न बताए । उनले भने ‘शपथ लिएपछि तपाईं सबैभन्दा ठूलो संगठनको प्रमुख बन्नुहुनेछ ।’
ट्रम्पले २० जनवरीमा राष्ट्रपति पदको शपथ लिदै छन् ।
ओबामाले चुनाव प्रचार गर्ने र सरकार चलाउने काममा अन्तर भएको बताए । उनले अमेरिकी राष्ट्रपतिको भनाइलाई विश्वभरका राजधानी तथा वित्तिय बारमा गम्भीरतासँग लिइने बताए ।