२९ जेठ २०८३, शुक्रबार

परराष्ट्रमन्त्री साउद र बंगलादेशका प्रधानमन्त्रीबीच भेटवार्ता

बैशाख ३१, २०८०
परराष्ट्रमन्त्री साउद र बंगलादेशका प्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री एनपी साउद र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ। ​

बंगलादेशको राजधानी ढाकामा उनीहरूबीच आइतवार भेटवार्ता भएको हो। 

भेटमा दुई पक्षीय हितका बारेमा छलफल भएको परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ। छलफलको क्रममा नेपाल र बंगलादेशबीचको सम्बन्धलाई सुदृढ बनाउने, सीमापार, कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा, शिक्षालगायत अन्य सम्बन्धित क्षेत्रमा विशेष जोड दिइएको बताइएको छ।

उनी ढाकामा आयोजित छैटौं इन्डियन ओसन कन्फ्रेन्स–२०२३ मा भाग लिन शुक्रवार ढाका गएका थिए। ढाकामा रहँदा उनले शुक्रवार नै भारतीय समकक्षी एस. जयशंकरसँग भेटवार्ता गरेका थिए। ​

जयशंकरसँगको भेटघाटमा समग्र दुईपक्षीय सम्बन्ध, सम्पर्क सञ्जाल, सडक सञ्जाल र जनस्तरको सम्बन्धबारे छलफल भएको साउदले बताएका थिए। ​

हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्न मूल कार्यपत्रमा छलफल गर्न ढाकामा सम्मेलन आयोजना गरिएको थियो। भारतीय विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजनामो सम्मेलन आयोजना भएको थियो।

परराष्ट्रमन्त्री साउदको भ्रमण टोली आइतवार साँझ स्वदेश फिर्ता हुनेछ। बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी भएर स्वदेश फर्किएको दुई दिनपछि उनी बंगलादेश गएका थिए।

salt training

कमेन्ट गर्नुहोस्