११ साउन २०८३, सोमबार

यी हुन् नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १३ अभियुक्त

यी हुन् नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १३ अभियुक्त

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न गिरोहका सदस्यहरु धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीले यो प्रकरणमा अनुसन्धान तीव्र बनाउँदै एकपछि अर्कोगरी अभियुक्तलाई पक्राउ गरिरहेको छ । 

आइतबारमात्रै प्रहरीले एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई राजधानीको बूढानीलकण्ठबाट पक्राउ गरेको छ । फरार भएको ११ दिनपछि उनलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो । 
उनी पक्राउ परेसँगै यो प्रकरणमा प्रहरी हिरासतमा पुग्नेको संख्यामा १३ जना पुगेको छ ।

यसअघि यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र बहालवाला सचिव टेकनारायण पाण्डेसमेत पक्राउ परिसकेका छन् । यस्तै नरेन्द्र केसी, सन्दिप रायमाझी, सागर राई, रामशरण केसी, गोविन्द चौधरी, सन्देश शर्मा, केशव दुलाल, सानु भण्डारी र कुमार गुरुङ पनि प्रहरी हिरासतमा छन् । 

टोपबहादुरबाहेक १२ जनामाथि थप अनुसन्धानका लागि आइतबार ४ दिनको म्याद थप भएको छ । यस्तै टोपबहादुरलाई भने सोमबार म्याद थपका लाथि अदालतमा उपस्थित गराइने प्रहरीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्