१० साउन २०८३, आइतबार
नक्कली शरणार्थी प्रकरण

टोपबहादुर रायमाझीलाई म्याद थपका लागि अदालत लगिँदै

टोपबहादुर रायमाझीलाई म्याद थपका लागि अदालत लगिँदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका निलम्बित सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई आज (सोमवार) अदालतमा पेस गरिँदैछ । आइतवार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस गर्न लागिएको हो । प्रहरी स्रोतका अनुसार त्यसअघि उनलाई सरकारी वकिलको कार्यालय लगिने छ । रायमाझी पूर्व उपप्रधानमन्त्री समेत हुन् ।

उनलाई गएराति काठमाडौँको बूढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेको थियो । फरार भएको ११ दिनपछि उनलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो । उनी पक्राउ परेसँगै यो प्रकरणमा प्रहरी हिरासतमा पुग्नेको संख्यामा १३ जना पुगेको छ । शरणार्थी प्रकरणमा जोडिएका उनका छोरा सन्दिप यसअघि नै पक्राउ परिसकेका छन् । 

यस्तै प्रकरणमा जोडिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र बहालवाला सचिव टेकनारायण पाण्डेसमेत पक्राउ परिसकेका छन् । यस्तै नरेन्द्र केसी, सन्दिप रायमाझी, सागर राई, रामशरण केसी, गोविन्द चौधरी, सन्देश शर्मा, केशव दुलाल, सानु भण्डारी र कुमार गुरुङ पनि प्रहरी हिरासतमा छन् । 
 
उनीहरूमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई थप चार दिनको समय दिएको छ ।

प्रकरणमा जोडिएका कांग्रेस नेता तथा पूर्वसांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरू दुवै जना फरार छन् । यस्तै प्रकरणमा नाम जोडिएकी खाँण पत्नी मन्जु भने सम्पर्कविहीन छिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्