०७ असार २०८३, आइतबार

पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान सकियो

पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान सकियो
फाइल तस्बिर

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसँग बयान लिइएको छ । सरकारी वकिलको कार्यालय बबरमहलमा सोमवार (दिउँसो) बयान लिइएको हो । 

बिहान साढे ११ बजेदेखि शुरू गरिएको पहिलो दिनको बयान दिउँसो पौने दुई बजे सकिएको हो । भोलि फेरि बयान लिइनेछ । 

जिल्ला सरकारी वकिलको रोहवरमा प्रहरीको अनुसन्धान अधिकृतले बयान लिएका थिए ।

वैशाख २७ गते पक्राउ परेका खाँणलाई आइतवार थुनामा राख्न दोस्रो पटक म्याद थपिएको थियो ।

गृहमन्त्री रहेको समयमा आर्थिक लाभ लिएर नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने काममा प्रत्यक्ष सहयोग पाइएपछि खाँणलाई पक्राउ गरिएको थियो । नक्कली शरणार्थी प्रकरणमा खाँण गृहमन्त्री रहेको समयमा गृहसचिव रहेका टेकनारायण पाण्डे पनि पक्राउ परेका छन् ।

पछिल्लो पटक नेकपा एमालेका सांसद एवंपूर्वमन्त्री टोपबहादुर रायमाझी आइतवार राति पक्राउ परेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्