काठमाडौं, २१ भदौ- सरकारका मुख्यसचिवको आवास पनि प्रधानमन्त्री निवाससँगै बालुवाटारमा हुने भएको छ। मुख्यसचिवका लागि प्रधानमन्त्रीनिवास परिसरभित्र ५ करोड ७७ लाख ३८ हजार रुपैयाँ लागतमा सुविधासम्पन्न आवास निर्माण भइरहेको छ। हाल बालुवाटार परिसरमा प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीशको मात्र निवास छ।

कैयौं महत्ववपूर्ण विषयमा प्रधानमन्त्रीले मुख्यसचिवसँग नियमित छलफल र संवाद गर्नुपर्ने भएकाले उनको निवास पनि प्रधानमन्त्रीकोसँगै बनाउन लागिएको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ ।