
फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट हलमा दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् ।
‘डाकिनी’ र ‘ए साथी सुन’ले प्रदर्शन आरम्भ गरेका हुन् ।
षट्कोण आर्टसले निर्माण गरेको ‘डाकिनी’ खिन्से नोर्बु ( झोङ्सार खेन्से रिम्पोछे)ले निर्देशन गरेको फिल्म हो । सिमित हलमा प्रदर्शनमा आएको फिल्म व्यावसायिक भन्दा पनि हेर्न चाहनेलाई अवसर प्रदान गर्न सीमित हलमारिलिज गरिएको हो ।
विश्वका प्रख्यात फेस्टिभल घुमेर रिलिज रिलिज भएको फिल्मको अंग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’ दिइएको छ ।
फिल्मको मुख्य भूमिकामा छिरिङ तासी र तेन्जिङ कुन्सेलले अभिनय गरेका छन् । कार्म, दिव्यदेव, रवीन्द्रसिंह बानियाँ लगायतका नेपाली कलाकारले समेत यसमा अभिनय गरेका छन् ।
यस्तै, व्यावसायिक प्रयोजनले प्रदर्शनमा आएको ‘ए साथी सुन’लाई राम राघव आचार्यले निर्देशन गरेका हुन् । यो फिल्ममा वर्षा शिवाकोटी, रमेश बानिया, विमला गिरी लगायतको अभिनय छ । यो क्राइम, थ्रिलर जनरामा निर्माण भएको फिल्म हो ।