सरकारले एक पालिका एक हुलाकको अवधारणा ल्याउने भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एक पालिकामा एक हुलाकको अवधारणा घोषणा गरेका हुन् ।
त्यस्तै सरकारले हुलाक वचत बैंकलाई सरकारी स्वामित्वको बैंकमा गाभ्ने घोषणा गरिएको छ ।