१० असार २०८३, बुधबार

अस्ट्रेलियामा मासु बेच्नका लागि गणेश भगवानको प्रयोग गरिएपछि हिन्दूहरू रुष्ट

कात्तिक २०, २०७४
अस्ट्रेलियामा मासु बेच्नका लागि गणेश भगवानको प्रयोग गरिएपछि हिन्दूहरू रुष्ट

काठमाडौं, २१ भदौ — अस्ट्रेलियाको एक कम्पनीले मासु उत्पादनको विज्ञापनमा भगवान् गणेशलाई देखाएपछि त्यहाँ बसेका हिन्दूहरू क्रुद्ध भएका छन् ।


सामाजिक सञ्जालमा यस कदमको कडा विरोध भइरहेको छ ।

मीट एन्ड लाइभस्टक अस्ट्रेलिया (एमएलए) नामक यस कम्पनीको वेबसाइटमा अस्ट्रेलियाली सरकारको सहयोगी कम्पनीका रूपमा यसलाई देखाइएको छ ।

सोमवार प्रसारित विज्ञापनमा भगवान् गणेशको प्रयोग गरेर भेडाको मासु बेच्न खोजिएको छ ।

विज्ञापन आउनेबित्तिकै विरोध शुरु भएको थियो । विज्ञापनको कन्टेन्ट हेर्नै संस्था अस्ट्रेलियन स्ट्यान्डर्ड्स ब्युरोले यसको जाँच गरिरहेको छ ।

विज्ञापनमा भगवान् गणेशलाई टेबुलअघि बसेको देखाइएको छ । उहाँका अलावा जीसस, बुद्ध र यहुदीहरू पनि टेबलमा देखिन्छन् ।

विज्ञापनको ट्यागलाइन पनि विवादास्पद छ । त्यसमा लेखिएको छ ः द मीट – वी क्यान अल ईट । अर्थात् त्यस्तो मासु जुन हामी सबैले खान सक्छौं ।

हिन्दूहरूले आफ्नो भगवानको यसरी अपमान गरिएको सहन नसकी सामाजिक सञ्जालमा रोष व्यक्त गरेका छन् ।

विवाद उठेपछि मासु कम्पनीका प्रमुख एन्ड्रु होवीले भने, ‘भेडाको मासु सबैले उत्तिकै मन पराउँछन् भन्ने देखाउन हामीले यस्तो विज्ञापन बनाएका हौं । फरक धर्म मान्नेहरूकहाँ पुग्ने हाम्रो कोशिश हो ।’

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्