×

NMB BANK
NIC ASIA

बुटवलमा पहिलो राष्ट्रिय पार्क सम्मेलन शुरु

फजुल खर्च कटौती गर्न पूर्व अर्थमन्त्री पौडेलको सुझाव

जेठ ६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवलमा पहिलो राष्ट्रिय पार्क सम्मेलन शुरु भएको छ । 

Muktinath Bank

पर्यटन प्रवर्द्धन र समृद्धिका लागि आयोजित सम्मेलनको उद्घाटन गर्दै पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशमा अर्थतन्त्रको अवस्था कहालिलाग्दो रहेको बताए । अर्थतन्त्र कहालिलाग्दो अवस्थामा पुगेकाले सरकारले प्रमुख प्रतिपक्षीलगायत सबै दल र विज्ञहरूसँग छलफल गरेर फजुल खर्च कटौती गरेर राजस्वले चालू खर्च धान्ने गरी बजेट बनाउनुपर्ने उनको भनाइ थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवलको मणिमुकुन्द सेन उद्यान (फूलबारी) मा शनिवारबाट शुरु भएको सम्मेलनमा बोल्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका पौडेलले ऐन कानूनको अभावमा सामुदायिक वनभित्र सञ्चालित पार्कहरूले समस्या झेल्नुपरेको औंल्याए ।


Advertisment
Nabil box
Kumari

मानिसको शारीरिक र मानसिक स्वास्थ्य, वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनमा पार्कहरुको भूमिका महत्वपूर्ण हुने भएकाले सरकारले कानून बनाएर वैज्ञानिक ढंगले दीगो व्यवस्थापनको बाटो खोल्नुपर्ने उनको भनाइ थियो ।

Vianet communication
Laxmi Bank

पार्कहरूको विशिष्टीकरण र वर्गीकरण आवश्यक रहेको सुझाव दिँदै उनले नेपाललाई उद्यानै उद्यानको देश बनाउन सकिने बताए । सरकारले कानून निर्माणमा बेवास्ता गर्दा निजी क्षेत्रबाट गैरसरकारी विधेयक दर्ता गरेर पनि कानून बनाउन सकिने सुझाए ।

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले पर्यटन, रोजगारी र सांस्कृतिक तथा पर्यावरण संरक्षणमा पार्कहरुको महत्वपूर्ण योगदान रहेको बताए । 

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा थप पार्कहरू निर्माण गर्ने सोचका साथ आफू अगाडि बढेको बताए । पार्कहरूले भोग्नुपरेका कानूनी जटिलता र नीतिगत समस्या सम्मेलनमार्फत पहिचान गरेर समाधानमा साझा पहल गर्नुपर्ने उनको भनाइ थियो ।

सम्मेलनले नेपाल पार्क महासंघ गठन गरी बुटवल घोषणपत्रसमेत जारी गर्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x