०९ असार २०८३, मंगलबार

दार्चुलामा भारतीय बाटो हिड्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण

दार्चुलामा भारतीय बाटो हिड्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण

नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडूले दार्चुलामा भारतीय बाटो हिड्नुपर्ने अवस्था अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै बडूले दार्चुलाको तिंकरबाट सदरमुकाम आउँदा अहिले पनि भारतीय बाटोको प्रयोग गर्नुपर्ने अवस्था रहेको बताएका हुन् ।

‘दार्चुलामा तिंकरबाट सदरमुकाम आउँदा अहिले पनि भारतीय बाटो प्रयोग गर्नुपर्ने अवस्था छ’ बडूले भने, ‘योजना बनाउँदा राष्ट्रिय स्वाभिमानसँग जोडिएका विषयलाई प्राथमिकता दिनुपर्छ । समयमा यस क्षेत्रका सडकको निर्माण पूरा गर्नुपर्छ ।’

दार्चुलाको तिंकर सडक त्रिदेशीय व्यापार र रणनीतिक महत्व भएको उनले बताए । यसैले यो सडकको निर्माण छिटो गर्ने विषयलाई प्राथमिकता दिन उनले ध्यानाकर्षण गराएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्