
तस्बिर देख्नेवित्तिकै तपाईंलाई पनि लागेको होला कि यी कुनै मोडेल हुन् । तर वास्तविकतामा यीनिहरु खेलौना (डल) हुन् । सटीकमा भन्दा ‘सेक्स डल’ हुन् ।
तर यीनिहरु कुनै सामान्य सेक्स डल हैनन् । यीनिहरुमा केही खास विशेषता हुन्छन्, जसकारण विशेष मानिन्छ । यी सेक्स डल भावनात्मक रुपमा प्रेममा पनि पर्न सक्छन् ।
रोबोट टेक्नोलोजीको भविश्यलाई लिएर लामो समयदेखि भनिँदै आएका छ कि, रोबोटले मानिसको भौतिक आवश्यकता मात्रै पूरा गर्ने हैन कि भावनात्मक रुपमा पनि जोडिन सक्छ । यो कन्सेप्टमा कैयौं टेलिभिजन सिरियल र फिल्म पनि बनिसकेका छन् ।

अब यो विषय वास्तविकतामा परिणत हुन लागेको छ । किनभने एक कम्पनीले यस्ता सेक्स डल बनाएको छ, जो मानिसको जस्तै व्यवहार गर्न सक्छन् ।
सबैभन्दा पहिले कुरा गरौं रियलडलको । रियलडल नामक कम्पनीले सन् १९९७ मा अमेरिकामा स्थापना भएको थियो । यो कम्पनीले त्यतिबेला देखि नै मानिसजस्तो देखिने सेक्स डल बनाउँदै आएको छ । यी सेक्स डलको विशेषता यो हो कि, यीनिहरुलाई मानिसको जस्तो रूप दिइएको छ ।

आँखाले हेर्दा यी डलहरु मानिसजस्तै देखिन्छन् । यसका लागि शरीरको बनावट र अनुहारको विशेषतामा विशेष ध्यान दिएर बनाइएको हुन्छ । यस्ता डललाई सिलिकनबाट बनाइएको हुन्छ ।
तर अब कम्पनीले यस्ता सेक्स डललाई अझ बढी सजीव बनाउने कोशिष गरेको छ ।
Abyss Creations नामक कम्पनीले नयाँ स्मार्टफोन एप लन्च गरेको छ । जसको नाम हारमनी AI रारिखएको छ । यस एपको माध्यमबाट रियलडल युजर आफ्नो डलसँग कुरा गर्न सक्छन् ।