१० असार २०८३, बुधबार

मोबाइल बजारमा भित्रिए नयाँ ३ ब्राण्ड

कात्तिक २०, २०७४
मोबाइल बजारमा भित्रिए नयाँ ३ ब्राण्ड
काठमाडौं, २१ भदौ- विश्वचर्चित मोबाइल उत्पादक तथा कम्युनिकेशन डिभाइस वितरक कम्पनी ट्रान्सन होल्डिङ्गले तिनवटा नयाँ ब्राण्डका मोबाइल नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले टेक्नो (Techno, आइटेल (itel) र ओराइमो (Oraimo) ब्राण्डका मोबाइल बजारमा भित्र्याएको हो ।

यी तिनवटै ब्रान्डहरु ट्रान्सन होल्डिङ्गको नेपालका लागि आधिकारिक वितरक महालक्ष्मी मोबाइलद्वारा विक्री वितरण गरिन्छ । कम्पनीकाअनुसार ओराइमो र आइटेल मोबाइलमा १२ महिनाको वारेण्टी र टेक्नो ब्राण्डको मोबाइलमा १३ महिना वारेण्टी रहेको छ ।ppPhoto_2

नयाँ ब्राण्डको उद्घाटनको क्रममा बोल्दै ट्रान्सन होल्डिङ्ग नेपालका मुख्य प्रबन्ध निर्देशक मार्को मा ले मोबाइल फोन र एक्सेसरिजका लागि नेपालमा ठूलो सम्भावना रहेको कुरा बताए ।
ट्रान्सन होल्डिङ्गको विश्वभर ५८ वटा देशहरुमा उपस्थिति रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्